समचारहरु

मनकामना साकोसको सातौँ कार्यालय पाँचखालमा


श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यालय बनेपा ५ को सातौँ कार्यालय पाँचखालमा सञ्चालनमा आएको छ । श्रावण १६ गते शनिवार पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण दाहाले सभापतित्व ग्रहण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सेवा केन्द्रको आवस्यकता तथा संस्थाको जानकारी चतुर्भुज तिमल्सिनाले राख्नुभएको थियो । कार्यक्रममा संस्थाको हाल सम्म सात वटा कार्यालयबाट १ अर्व ७५ करोडको वासलात रहेको हाल सम्म शेयर सदस्य ७२०० जना रहेको, शेयर पूँजी २० करोड, बचत संकलन १ अर्व तिस करोड ऋण लगानी १ अर्व पैँतालिस करोड तथा जगेडा र अन्य कोष करिव १० करोड रहेको साथै कृषिलाई प्राथमिकता दिदै केही सहुलियत दरमा कर्जा प्रवाह गर्ने जानकारी समेत गराउँनुभएको थियो । सो कार्यक्रममा पूर्व जिल्ला सहकारी संघका अध्यक्षद्वय सोम प्रसाद हुमागाँई तथा सुभप्रसाद अधिकारी, विशिष्टि अतिथि पाँचखाल नगरका उप प्रमुख लक्ष्मी दनुवारले सहकारी संस्थाको अवको भुमिका तथा चुनौतीको बारेमा मन्तव्य राख्नुभएको थियो । सो कार्यकक्रमको सञ्चालन संस्थाका सञ्चालक समितिका सदस्य शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो ।

मनकामना साकोसको सातौँ कार्यालय पाँचखालमा