हाम्रो बारेमा

संस्थाको ऐतिहासिक पृष्ठभूमि

“आपसी सहयोग सद्भावना र सामूहिक हितका लागि सहकारी” भन्ने मूल नारालाई आत्मसात गरी काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाउँटोलबाट एकत्रित भएका २६ जना अग्रज महानुभावहरुको पे्ररणाबाट काभ्रेपलाञ्चोक जिल्लालाई कर्मथलो बनाइ यस क्षेत्रको आर्थिक गतिविधिलाई सुव्यवस्थित ढंगबाट छरिएर रहेको सानो—सानो पँुजीलाई एकत्रित गरी सहकारीको माध्यमबाट परिचालन गर्ने उदेश्यका साथ मिति २०५२ साल मंसिर १८ गतेको दिन तत्कालीन जिल्ला सहकारी कार्यालयबाट द.नं. १९८ मा दर्ता भएको यो संस्था मिति २०५३ माघ १३ गते नेपाल राष्ट्रबैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न समेत इजाजत प्राप्त गरी संस्था सञ्चालनमा रहेको थियो ।


  राज्यको सहकारी एकीकरणको अभियानलाई आत्मसात गरी २०७१÷१०÷२२ गते डिभिजन सहकारी कार्यालयबाट यस संस्था र यसै कार्यक्षेत्र भित्र रहेको साविक बनेपा न।पा। वडा नं। १ स्थित श्री ढकाल गणेश बचत तथा ऋण सहकारी संस्था संग विधिवत एकीकरण भई कारोवार गरिरहेकोमा मिति २०७७ साल असार ३१ गतेको दिन बनेपा ८ स्थित महाङ्कालज्योति बहुउद्धेश्यीय सहकारी संस्था लि।, पनौती ६ मा रहेको सिद्धार्थ बहुमुखी सहकारी संस्था लि र कौशलटार भक्तपुरमा रहेको पद्यश्री बचत तथा ऋण सहकारी संस्था लि। विच एकीकरण भई हाल काभे्र, भक्तपुर र काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहि कारोवार गरिरहेको छ । हाल यस संस्थाको नाममा बनेपा–५,घोकेचौर स्थित अत्याधुनिक भवनबाट केन्द्रिय कार्यालय सञ्चालनमा रहेको छ भने संस्थाको बनेपा ७ गोदामचोक, पनौती, काठमाडौको कोटेश्वर, बेथाञ्चोक ढुंखर्क, भक्तपुरको कौशलटार र काभे्रको पाँचखाल गरी जम्मा ६ वटा सेवा केन्द्र तथा एक केन्द्रीय कार्यालय गरी ७ वटा कार्यालयबाट ए.वि.वि.एस. सुविधा सहित उपलब्ध रहनेगरी संस्थाले शेयर सदस्यहरुको लागि सेवा प्रवाह गरेको छ ।  

संस्थाले बचत तथा ऋण कार्यक्रमको अलावा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । जस अन्तर्गत औषधि उपचार खर्च, मृत्युराहत सुविधा, तीर्थाटको सुविधा, सुत्केरी स्याहार सुविधा, विभिन्न तालिम तथा गोष्ठी, सहकारी अवलोकन भ्रमण, सिपमुलक तालिमहरु, सहकारीसंग सम्बधिन्त शिक्षा शिविर, महिला ससक्तीकरण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । संस्थाले हाल मोवाइल बैंकिङ सुविधा, रेमिटेन्स सुविधा उपलब्ध गराउदै आएको छ भने चाडैनै ए.टि .एम.को सुविधा समेत उपलब्ध गराउन आवश्यक प्रकृया अगाडि बढाएको छ । समय परिस्थिति सँगसँगै सदस्यहरुको माग अनुरुप विभिन्न सुविधाहरु थप गर्दै जाने प्रतिवद्धत्ता ब्यक्त गर्न चाहान्छौं जसका लागि सम्पूर्ण सरोकारवालाहरुलाई अमूल्य सुझाव तथा सल्लाहहरुको लागि हार्दिक अनुरोध गर्दछौं । 


थप जानकारी को लागी सम्पर्क गर्नुहोस