प्राय सोधिने प्रश्नहरू
हाम्रो संस्थाले बचत खाता, ऋण सेवा, आवधिक बचत योजना, ऐच्छिक बचत तथा सदस्यता सेवा प्रदान गर्दछ।
सदस्य बन्न नेपाली नागरिक हुनु पर्नेछ, आवश्यक कागजातहरू (नागरिकता, फोटो आदि) पेश गर्नुपर्नेछ, र संस्थाले तोकेको प्रारम्भिक बचत रकम जम्मा गर्नुपर्नेछ।
सदस्यले ऋण आवेदन फारम आवश्यक कागजातहरूसहित पेश गरेपछि, सम्बन्धित समिति मार्फत मूल्यांकन गरिन्छ। ऋण स्वीकृत भएपछि तोकिएको ब्याजदर र निश्चित समयसीम भित्र ऋण फिर्ता गर्नुपर्ने हुन्छ।
हामीसँग मोबाइल एप तथा अनलाइन सेवाको सुविधा उपलब्ध छ, जसबाट खाताको जानकारी हेर्न, रकम ट्रान्सफर गर्न र बचतको ट्र्याक राख्न सकिन्छ।
नयाँ सदस्यले न्यूनतम रु ५०० जम्मा गर्नुपर्नेछ, योजना अनुसार रकम फरक हुन सक्छ।
हाम्रो कार्यालय आइतबारदेखि शुक्रबार बिहान ०९:०० बजे देखि ५:०० बजे सम्म खुला हुन्छ। मुख्य कार्यालय बनेपा-५ घोघेचौर मा अवस्थित छ।
