समचारहरु

सहकारी शिक्षा शिविर


समुदायमा आधारित काभ्रे जिल्लाकाे सबल र उत्कृष्ट संस्था यस श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि का शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरु तथा समुदायको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ आज मिति २०७९फाल्गुन २४गते बुधबार संस्थाको केन्द्रीय कार्यालय बनेपा ५ को कार्यालय भवन मा शिक्षा उप समितिका संयोजक श्री शम्भु प्रसाद घिमिरे ज्यूको संयोजकत्वमा तथा संस्थाका अध्यक्ष बालकृष्ण दाहाल ज्यू को प्रमुख आतिथयतामा बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी ज्यू को बिशिष्ट आतिथ्य मा र संस्थाका लेखा संयोजक मोट प्रसाद सापकोटा संचालक समिति लेखा समितिका अन्य सदस्य ज्यू हरू शिक्षा उप समितिका अन्य सदस्य ज्यूहरू को आतिथ्यतामा बित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरे ज्युले राख्नु भएको थियो भने कार्यक्रमको औचित्य बारे संचालक सदस्य चतुर्भुज तिमल्सिना ले प्रकास पार्नुभएको थियो। लेखा समिति संयोजक मोट प्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम को संचालन शिक्षा उप समिति का सदस्य ज्ञानु दाहालले गर्नु भएको थियो।भने संस्था का प्रवन्धक सीताराम तिमल्सिनाज्यु बाट बित्तीय ज्ञान सम्बन्धि संस्थागत बिशेष प्रस्तुति मार्फत संस्थाको परिचय, सेवा, प्रबिधि, बर्तमान संस्थाले गरेका कार्यक्रमहरूको बारे जानकारी दिनुभएको थियो । कार्यक्रमा करिब 120 जना शेयर सदस्य कर्मचारी हरुको उपस्थिति रहेको थियो।

 सो कार्यक्रमका केहि झलकहरु ।

सहकारी शिक्षा शिविर