गोपाल प्रसाद घिमिरे
यस श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. मिति २०५२ साल मंसिर १८ गतेको दिन तत्कालीन जिल्ला सहकारी काय. द. नं. १९८ मा दर्ता भई संचालनमा आएको संस्था हो। यस संस्थाको संस्थापक अध्यक्षको रूपमा आदरणीय रघुनाथ घिमिरे सर रहनु भएको थियो भने उहाँले अर्को एक कार्यकाल संस्थालाई नेतृत्व प्रदान गर्नु भएको थियो।
मुकुन्दप्रसाद दाहालज्यूले दोस्रो तथा तेस्रो कार्यकाल नेतृत्व गर्नु भई चौथो कार्यकालमा राजकुमार हुमागाँई ज्यूले संस्थाको नेतृत्व करिब ६ वर्षसम्म सम्हाल्नुभएको थियो। २०७१ सालमा बनेपा घोकेचौरमा रहेको ढकाल गणेश बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भए पश्चात् २०८१ सालसम्म जम्मा २ कार्यकालको नेतृत्व बालकृष्ण दाहालले गर्नु भएकोमा मिति २०८१ साल कार्तिक १० गते देखि यो संस्थाको नेतृत्व म गोपाल प्रसाद घिमिरेले गर्दै आएको छु।
२६ जना शेयर सदस्यको १०÷१० हजारको पूँजीबाट संचालनमा आएको यो संस्था २०७१ सालसम्म आउँदा २६ करोडको साविक मनकामना साकोसको वासलात रहेकोमा ढकाल गणेश साकोसको १७ करोडको वासलात जोडि ४३ करोडको वासलात बनाउन सफल रहेकोमा २०७१ सालदेखि २०७७ सालसम्म आउँदा मनकामनाको करिब ९० करोडको वासलात रहेकोमा २०७७ साल असार मसान्तको दिन बनेपा–८ मा रहेको नमस्कार महांकाल ज्योति बहुउद्देश्यीय सहकारी संस्था, पनौतीमा रहेको सिद्धार्थ बहुमुखी सहकारी संस्था, कौशलटारमा रहेको पद्यश्री बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरणको प्रमाणपत्र बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकीकरणको स्वीकृति प्रदान गरेको थियो।
सो स्वीकृति अनुसार संस्थाको कूल वासलात १ अर्ब ४२ करोड रहेको थियो। उक्त एकीकरण पश्चात संस्थामा ६४०० जना शेयर सदस्यको संख्या रहेको थियो भने संस्थाले बनेपा–५ घोकेचौरमा आफ्नै भवनबाट केन्द्रीय कार्यालयको कारोबार तथा अन्य सेवा केन्द्रहरूको संचालनलाई सहजिकरण गरिरहेको छ।
आ.व. २०८२ बैशाख मसान्तसम्म संस्थाको:
-
शेयर पूँजी रु १६,१८,३३,२००.००
-
संस्थागत पूँजी रु १३,०७,०४,६९३.३१
-
कुल बचत रु १,९२,७६,६३,९०४.९९
-
शेयर सदस्यहरुलाई गरिएको ऋण लगानी रु १,८४,००,५२,५७५.०४
-
कुल वासलात रु २,३६,५६,६८,१५७.६१
-
शेयर सदस्य संख्या ९,९८५
रही संस्थाको वित्तीय गतिविधि दिनानुदिन उन्नतीतर्फ अगाडि बढिरहेको छ।
संस्थाको हाल केन्द्रीय कार्यालयसहित:
-
बनेपा–गोदामचोकमा नमस्कार महांकाल ज्योति सेवा केन्द्र
-
पनौतीमा सिद्धार्थ सेवा केन्द्र
-
कौशलटारमा पद्यश्री सेवा केन्द्र
-
कोटेश्वरमा नमस्कार महांकाल ज्योति सेवा केन्द्र
-
बेथानचोक र पाँचखालमा सम्पर्क कार्यालय
गरी जम्मा ७ ठाउँबाट सेवा संचालन गरिरहेको छ।
संस्थाले हाल शेयर सदस्यलाई ऋण तथा बचतमा आकर्षक ब्याज प्रदान गर्दै आएको छ भने अन्य सुविधाहरूमा:
-
रु २ लाखसम्मको दुर्घटना मृत्यु बीमा कार्यक्रम
-
औषधि उपचार सुविधा
-
सुत्केरी स्याहार सुविधा
-
मृत्यु राहत सुविधा
-
दैवीप्रकोप तथा गम्भीर प्रकृतिको रोग लागेमा राहत सुविधा
लगायत विविध सामाजिक सेवाका काममा समेत सहभागि भई संस्थाले सामाजिक सेवालाई समेत महत्वका साथ अगाडि बढाएको छ।
छिटोछरितो ढङ्गबाट कार्य सम्पादन गर्न सहकारी सफ्टवेयरको प्रयोग गरी ७ ओटा केन्द्रमा जम्मा ४३ जना कर्मचारीबाट संस्था संचालन गरिएको छ।
सामाजिक तथा आर्थिक रूपमा भरपर्दो यस मनकामना साकोसमा सम्पूर्ण महानुभावहरू सहभागी भई दिनु हुन हालको अध्यक्षको हैसियतमा सबैमा आह्वान गर्दै मेरो छोटो भनाइ यही अन्त्य गर्दछु।
धन्यवाद, जय सहकारी, जय मनकामना।
