समचारहरु

रक्तदान कार्यक्रम


रक्तदान जिवनदान भन्ने मुल नाराका साथ मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले भाद्र १२ गते नेपाल रेडक्रस सोसाइटिको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेकोे थियो । सो कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, अन्य उपसमिति तथा सेवा केन्द्र व्यवस्थापन उप समितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा जम्मा २५ जनाले रक्तदान गर्नुभएको थियो । कोभिड भ्याक्सिन हालसालै लगाएको हुँदा रक्तदान गर्न नमिल्ने भएकोले अपेक्षित सहभागितामा कमि भएकोले आगामी दिनहरुमा यस्ता कार्यक्रम नियमित रुपमा गरिदै जाने जानकारी सवैलाई गराउँदछौँ ।
रक्तदान कार्यक्रम